• १९ भदौ २०८३, शुक्रबार
  • १०ः०७ बिहान

भारतमा मृत्युदरमा सुधार आएन, पछिल्लो २४ घण्टामा ३१ सयले गुमाए ज्यान

प्रकाशित मिति

२०७८ जेष्ठ १७ गते, सोमबार १२:२३

दिल्ली : भारतमा गत २४ घण्टामा कोरोनाभाइरसको संक्रमणबाट ३ हजार १ सय २८ जनाको मृत्यु भएको छ । १ लाख ५२ हजार ७ सय ३४ जना नयाँ संक्रमित थपिएका छन् भने २ लाख ३८ हजार २२ जना डिस्चार्ज भएका छन् ।


भारतमा दैनिक संक्रमितको संख्यामा ओरालो लाग्दै आएको छ भने दैनिक मृत्युदरमा भने सुधार आउन सकेको छैन । अहिलेसम्म भारतमा कुल २ करोड ८० लाख भन्दा बढी संक्रमित भएका छन् भने २ करोड ५६ लाख भन्दा बढी संक्रमणमुक्त भएका छन् ।

Kamana Sewa

भारतमा कुल ३ लाख २९ हजार १०० जनाले ज्यान गुमाइसकेका छन् भने २० लाख २६ हजार ९२ जना संक्रिय संक्रमित रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया