• १९ भदौ २०८३, शुक्रबार
  • ९ः०९ राती

सुनको मूल्य तोलामा दुई सयले बढ्यो

प्रकाशित मिति

२०७८ जेष्ठ १७ गते, सोमबार १२:१५

काठमाडौं : सुनको मूल्य सोमबार नेपाली बजारमा तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९४ हजार २ सय रुपैयाँ रहेको छ ।

आइताबार छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ रहेको थियो । आज तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ७ सय रुपैयाँ तोकिएको छ । यसैगरी, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ३६० रुपैयाँ पुगेको छ ।

Kamana Sewa

प्रतिकृया