• २१ भदौ २०८३, आइतबार
  • ४ः०८ बेलुका

१६५ किलो गाँजासहित एकजना पक्राउ

प्रकाशित मिति

२०७८ जेष्ठ १७ गते, सोमबार १०:१६

काठमाडौँ :  विराटनगर जिल्ला प्रहरी कार्यालय सुनसरीले ठूलो परिमाणमा गाँजासहित एक जनालाई पक्राउ गरेको छ। जारी निषेधाज्ञाका बीच सुनसरीको कोशी गाँउपालिका ८ भण्टाबारीस्थित पूर्व पश्चिम राजमार्गमा १ सय ६५ किलो गाँजासहित ४० वर्षीय गणेश यादव पक्राउ परेका छन्।

National Life

विराटनगरस्थित १ नम्बर प्रदेश प्रहरी कार्यालयका अनुसार आइतबार बिहान करिब पौने ३ बजे यादवलाई राजमार्गको दक्षिण पानीटंकी नजिक प्लाष्टिकको ६ वटा बोरामा गाँजासहित पक्राउ गरिएको हो।


सुनसरी प्रहरी र सीमा चौकी प्रहरी भण्टाबारीको संयुक्त टोलीले बिहान शंकास्पद अवस्थामा रहेका यादवलाई जाँच गर्ने क्रममा सो परिमाणको गाँजा बरामद गरेको हो। पक्राउ परेका यादव उपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम म्याद थप गरि अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।

Classic Tech Desktop

प्रतिकृया