अनैतिक सम्बन्ध राखेको आरोपमा असई र प्रहरी जवान निलम्बित
प्रकाशित मिति
२०७८ जेष्ठ १७ गते, सोमबार १०:२४
गुल्मी : गुल्मीको इस्मा गाउँपालिकाका–१ स्थित मल्दी गाउँमा दुई महिलासँग अनैतिक सम्बन्ध राखेको आरोपमा नेपाल प्रहरीका असई र जवान दुई जना निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार स्थानीय हस्तीचौर प्रहरी चौकीका प्रमुख असई बिष्णु गाह र प्रहरी जवान वीरेन्द्र केसी निलम्बनमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय गुल्मीका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेका अनुसार प्रहरी आचरण विपरित क्रियाकलाप गरेको पाइएकाले उनीहरुलाई निलम्बन गरिएको हो ।
डीएसपी पाण्डेले भने, ‘हामीले अहिले उनीहरुलाई निलम्बन गरेर घटनाको अनुसन्धान गरिरहेका छौँ, अनुसन्धानको म्याद ६ महिना सम्म पनि हुन सक्छ वा त्योभन्दा बढी पनि हुन सक्छ । त्यतिञ्जेल सम्म उनीहरुले आधा तलव पाउने गरि र रासन नपाउने गरि निलम्बन गरिएको छ ।’

जेठ ७ गते राति आपत्तिजनक अवस्थामा फेला परेको भन्दै स्थानीयले उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए । स्थानीयले सो क्रममा दुबै जनामाथि निर्घात कुटपिट समेत गरेका थिए ।



प्रतिकृया