• २२ भदौ २०८३, सोमबार
  • ७ः२२ बेलुका

लुम्बिनी प्रदेशमा राष्ट्रियसभाको उप–निर्वाचनको मतदान सुरु

प्रकाशित मिति

२०७८ जेष्ठ १७ गते, सोमबार ०९:४१

काठमाडौं:  लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य चयनका लागि मतदान सुरु भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले पहिलो मतदान गरेका छन्। घोराही स्थित कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि मतदान सुरु भएको हो। दिउँसो ३ बजे सम्म मतदानको समय तोकिएको छ। सोमबार नै नतीजा घोषणा गरिने प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ।

National Life

नेकपा एमालेका चन्द्रबहादुर खड्का र नेपाली कांग्रेसका दृगनारायण पाण्डे चुनावी मैदानमा छन्। पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन छ। प्रदेशसभा सदस्यका ८३ र स्थानीय तहका प्रमुख, उप–प्रमुख, अध्यक्ष, उपाध्यक्ष गरी २१७ जना समेत जम्मा ३ सय जनाले मतदान गर्न पाउने छन्।

प्रतिकृया