• ९ असोज २०८३, शुक्रबार
  • ४ः३६ बेलुका

तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोड बराबरको सुनका गरगहना आयात

प्रकाशित मिति

२०७८ बैशाख २८ गते, मंगलवार ०७:३४

काठमाडौं : चालू आर्थिक वर्ष ९आव० को तेस्रो त्रैमाससम्ममा नेपालमा १४ करोड बराबरको सुनका गरगहना आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालू आवको ९ महिनाको तथ्यांकले यस्तो देखाएको हो । परिमाणका आधारमा साढे ३२ केजी बराबरको सुनको गरगहना आयात भएको छ ।

National Life

 

चैत महिनामा मात्र रू। ७ करोड २८ लाख ३९ हजारको सुनका गरगहना आयात भएको छ । गत फागुन मसान्तसम्ममा नेपालमा रू। ६ करोड ७३ लाख ६७ हजार बराबरको सुनका गरगहना आयात भएको थियो । चैत मसान्तसम्म आउँदा त्यो बढेर १४ करोड २ लाख ६ हजार रुपैयाँ पुगको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

 

चालू आवको ८ महिनाको अवधिमा जति सुनका गरगहना आयात भएको थियो, त्यो भन्दा बढी चैत १ महिनामै आयात भएको छ । ८ महीना ९साउनदेखि फागुनसम्म० मा ६ करोड ७३ लाखको सुनका गरगहना आयात भएको थियो भने चैत १ महिनामै ७ करोड २८ लाख रुपैयाँ बराबरको सुनका गरगहना आयात भएको छ ।

 

कोरोना संकटका कारण सुनका गरगहना बनाउने कालीगढको अभाव भएपछि गरगहनाको आयात बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले कालीगढहरूको अभाव भएको र सुनको माग बढेकाले गरगहनाको आयात बढेको बताए । ‘नेपाली सुनचाँदी बजारमा करीब ७५ प्रतिशत भारतीय कालीगढ छन् । तर, कोरोनाका कारण उनीहरू पर्याप्त मात्रामा यहाँ आउन सकेका छैनन् । यहाँका कालीगढ पनि छरिएका छन् ।- यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।

प्रतिकृया