• २७ भदौ २०८३, शनिबार
  • १ः१४ दिउँसो

१९ सयको अक्सिमिटर ३५ सयमा बिक्री गरेको आरोपमा एक जना पक्राउ

प्रकाशित मिति

२०७८ बैशाख २६ गते, आईतवार ०८:५६

काठमाडौँ :   बजार भाउ भन्दा झण्डै दोब्बर मूल्यमा अक्सिमिटर बेचेको आरोपमा प्रहरीले पर्साको वीरगञ्जबाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका १६ बस्ने ३२ वर्षीय रामहरि तिवारीलाई पक्राउ गरिएको हो । प्रहरीले उनको पसलबाट १२ वटा अक्सिमिटर समेत बरामद गरेको छ ।

National Life

 

Classic Tech Mobile
Classic Tech Desktop

तिवारीले आफ्नै घरमा खोलेको औषधि पसलमा १९ सय पर्ने अक्सिमिटरलाई ३५ सय रुपैयाँसम्म लिएर बिक्री गरेको पाइएपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीविरुद्ध कालोबजारी ऐन अन्तर्गत अदालतबाट म्याद थप गरी अनुसन्धान गर्ने तयारी गरेको छ ।

प्रतिकृया