• २७ भदौ २०८३, शनिबार
  • २ः१७ दिउँसो

गणेशमान अस्पतालले भन्यो– नयाँ बिरामी भर्ना लिन सकिँदैन

प्रकाशित मिति

२०७८ बैशाख २६ गते, आईतवार ०८:५१

काठमाडौं :  काठमाडौंका अस्पतालहरुले अक्सिजन अभावलाई कारण देखाउँदै नयाँ बिरामी भर्ना गर्न नसकिने सूचना धमाधम जारी गर्न थालेका छन् । यसरी सूचना जारी गर्नेमा ललितपुरको महालक्ष्मीस्थानमा अवस्थित गणेशमान सिंह मेमोरियल अस्पताल पनि थपिएको छ ।

National Life

गणेशमान सिंह मेमोरियल अस्पतालले अक्सिजन आपूर्तिमा आएको असामान्य परिस्थितिले गर्दा मौजदात केही समयभन्दा बढी नरहेकाले कुनै पनि ठूलो दुर्घटना हुन सक्ने परिस्थितिलाई मध्यनजर गर्दै नयाँ बिरामी भर्ना गर्न नसकिने जनाएको छ ।  भएका बिरामीलाई पनि अन्य अस्पतालमा सार्ने प्रयास भइरहेको सो अस्पतालले जनाएको छ । सो अस्पतालले अक्सिजन आपूर्तिको पहलका लागि सम्पूर्ण सरोकारवालाई अनुरोध समेत गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया