• २३ भदौ २०८३, मंगलबार
  • १०ः५६ बिहान

स्व गिरिजा प्रसाद कोेइरालका को बृत चित्र प्रजातन्त्रका लागि अपहरण प्रदर्शन गरिने

प्रकाशित मिति

२०७६ जेष्ठ २४ गते, शुक्रबार ०५:०६

नेपाली राजनीतिका युग पुरुष स्व गिरिजा प्रसाद कोेइरालका बारे तयार पारिएको बृत चित्र प्रजातन्त्रका लागि अपहरण प्रदर्शन गरिने भएको छ । रफत सञ्चार क्लबमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रमा स्व कोइरालाको राजनीतिक यात्रामा भएको गतिबिधिका साथै ३० सालमा भएको बिमान अपहरणका बारे जानकारी दिने उदेश्यका साथ बृत्त चित्र प्रदर्शन बाराही मुभिजमा जेठ २६ आईतबार गते गरिने भएको हो । भक्तपुर गिरिजा प्रसाद कोइराला फाउन्डेसनको आयोजनामा हुन थालेको बृत्त चित्र २६ गते दिनको ४ः१५ मा प्रर्दशन गरिने फाउन्डेशनका अध्यक्ष बिदुरमान सिंह बस्नेतले जानकारी दिए ।

National Life

प्रजातन्त्र हासिल गर्दा कस्ता खालको राजनीतिक गतिबिधि भएको थियो र नेपाली राजनीतिका युग पुरुषको राजनीति जीवन कस्तो थियो भन्ने जानकारी नयाँ पुस्तालाई दिने हेतुका साथ बृत्त चित्र प्रर्दशन गर्न थालिएको बस्नेतले जानकारी दिए । त्यस्तै पत्रकार भेटघाटमा नेपाली काँग्रेसको भातृ संगठन तरुण दलका पूर्व अध्यक्ष बिनोद प्रकाश कायस्थले भने ,नेपाली राजनीतिमा प्रजातन्त्र प्राप्तीका लागि गरिएको शसस्त्र क्रान्तिका तयारी कस्तो थियो भन्ने जानकारी यो बृत्त चित्रले दिन्छ ।

उनले राजनीति प्रति चाख भएकाहरुले प्रजातन्त्र प्राप्तीका लागि त्यसबेला खेलको भूमिका कस्तो थियो र काँग्रेसले कस्तो भूमिका निर्वाह गरेको थियो भन्ने समेत उक्त बृत्त चित्रबाट थाहा पाउन सकिने बताए । जातन्त्रका लागि अपहरण बृत्त चित्रको निर्माण पत्रकार जगत नेपाल गरेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया