• ३ साउन २०८३, आइतबार
  • ३:३७ बेलुका

के महिला के पुरुष कामको लागि सबै समान

प्रकाशित मिति

२०७६ जेष्ठ २४ गते, शुक्रबार ०५:०९

– उषा बजगाइँ,

काम के ठूलो, के सानो, के पुरुष, के महिला ¤¤ दुःख पीडा, अथाह रोदन र केही अनगिन्ती वेदनाबाट गुज्रिएको जीन्दगी ¤ न त कुनै कुनै समय प्यासी छ, न त कुनै समय सामिथ्य नै ! अनेकौँ दुःख र पिडासँग लुकामारी र प्रतिस्पर्धा गर्दै दुःख बेची सुःख किन्ने अनुभूति गर्दै सुनौलो सपनाको महल त्यो गरिबीले बिना अंश तहसनहस गर्दिन्छ र त जीन्दगीले हारको विश्राम लिन बाध्य हुन्छ ।

Kamana Sewa

कठै जीन्दगी¤ जातोले मकै पिसेझैँ गरिबीको निशानीको घेराले पिल्सिएको जीन्दगीमा सुःखको अनुभूति गरौँला र सुःखीको महलमा दुई छाक गुन्दु्रक ढिडोँ नै सन्तोकको साथ खाने रहर कसलाई नहोला ? सोचे जस्तो, खोजे जस्तो र परिश्रम गर्दा गर्दै पनि गरिबी शब्दले पिल्सिएको र उठ्नै नसकिने गरी उत्तानो परेको जीन्दगीमा सुःखको वैभव खोजौँला र रमाउँला भन्ने सोच्दा पनि वैराग्य लागेर आउँछ । काम के ठूलो के सानो¤¤ मिहिनेत र परिश्रमको पूर्ण औचित्यबाट सन्तोषपूर्ण पारिश्रमिक पाइ थोरैमा धेरै रमाउन सक्नु र सुखीको वैभव खोज्न सक्नु नै ठूलो अर्थपूर्ण रहन्छ । जीन्दगीको अंश खोजेर त कहाँ पाइन्छ र तै पनि जसोतसो जीन्दगी गुज्रीदैँ रमाउन सक्नु नै ठूलो सफलताको एक प्रतिक र महानता मानिन्छ । एक बार दुःख र एक बार सुःख ।

Classic Tech Desktop

ओराली उकालीकोे दोभानमा भेटिएको विकल्प नै त जीन्दगीको परिभाषा रहेछ । कामको शिलशिलामा आफ्ना व्यक्तिगत कार्यको सहानुभूति गर्दै अनामनगरमा उभिरहेको थिएँ । गाडीको पर्खाइमा आतेस लागिसकेको थियो । परबाट एउटा टेम्पो आउँदै गरेको थियो । ममा खुसीको कुनै सिमा नै थिएन । मैले हातको इसारा दिँदै त्यो टेम्पो रोकेँ । अनि सवारी चालक नजिकैको सिटमा गएर थ्याच्च बसेँ । अनि सवारी चालकप्रति मेरो ध्यान केन्द्रित हुन पुगिहाल्यो । उहाँ महिला नै हुनुहुन्थ्यो । मेरो मन एक्कासी भक्कानियो र अमिलो हुन पुग्यो । म उहाँसँग नबोली बस्नै सकिनँ । उहाँ करिब २४ वर्षको समायान्त पनि पार गर्दै हुनुहुँदो रहेछ ।

उहाँको त्यो सुन्दरता भन्दा पनि मलाई उहाँको मानवता, आँट, भरोसा, क्षमतावानको उच्च सम्मान गर्न मन लाग्यो । उहाँको त्यो अनुहारको चमक पनि कोही मोडल र मिस नेपालको भन्दा केही कम थिएन । उहाँले कामलाई के सानो के ठूलो केही नभनि समानता दिँदै गर्नु भएको त्यो समाजसेवाको एउटा पाटो र योगदान देखेर म आफैँ प्रफुल्ल हुन पुगेँ । ममा पनि थुप्रै अनगिन्ती उर्जा थपिन पुग्यो ।

उहाँमा भएको त्यो सोचले एउटा राष्ट्रलाई सजिलै परिवर्तन गर्न सक्ने थियो । उहाँ दोखलाको विकट बस्तीबाट एउटा सुनौलो भविष्यको तय गर्न र आशा र भरोसालाई मध्यनजर राख्दै आÇनो कार्यशिलतालाई समर्थन र पूर्णता दिँदै थोरै कमाइमा एउटा अरबौँको सपना किन्ने त्यो सोचलाई कसरी बयान र प्रशंसा गरम्, म आफैँमा मौन हुन बाध्य भएँ । उहाँको नाम शारदा श्रेष्ठ, उहाँ एक वैवाहिक जीवनमा बाँधिनु भएता पनि उहाँलाई परिवारको र श्रीमान्को पूर्ण साथ र सहयोग छ भनेर खिस्स हाँस्दा मलाई एउटा छुट्टै संसारमा रुमलिएको कल्पना भयो । पिछडिएको समाजमा महिला भएर पनि केही गर्नुपर्छ र केही गर्न सकिन्छ भन्ने आँट राँख्नु नै ठूलो सफलता हो ।

उहाँको यो प्रेरणादायी, आँट र समाज परिवर्तन गर्ने विचार र कार्यलाई धेरै व्याख्या गर्न पनि सक्दिनँ । उहाँबाट हजारौँ महिला, दिदीबहिनीले धेरै कुरा सिक्न सक्छन् र महिला कहि कतैबाट पनि पिछडिनु पर्दैन भन्ने सन्देश कायम गराउनु भएको छ । महिला समाजको एक परिवर्तन मार्गदर्शन हुन्, परी हुन्, सृष्टी हुन् र पूरै ब्रह्माण्ड हुन् । जीवन उर्जाको प्रतिक हुन् ।

प्रतिकृया