सिराहाका नीजि अस्पताल बन्द गर्न दिइयो निर्देशन
प्रकाशित मिति
२०७६ जेष्ठ २४ गते, शुक्रबार ०३:१०
सिरहा । सिरहामा प्रकृया मिचेर सञ्चालन भइरहेका नीजि स्वास्थ्य संस्थाहरुलाई सात दिनभित्र बन्द गर्न जिल्ला स्वास्थ्य कार्यालय सिरहाले निर्देशन दिएको छ । नविकरणको लागि पटक–पटक ताकेता गर्दा पनि बलमिचाई गरेर सञ्चालन गरिरहेको भन्दै जिल्लाका ८ अस्पताल र ६ पोलिक्लिनिकलाई सात दिनभित्र बन्द गर्न निर्देशन दिइएको हो ।
नविकरण समाप्त भएका स्वास्थ्य संस्थाहरुलाई दर्ता नविकरणको लागि दुई महिनाको समय दिएपनि अटेर गरेकोले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्वन्धि निर्दे्शिका २०७० बमोजिम संस्था बन्द गरी सम्बन्धित कार्यालयमा जानकारी गराउन जेठ २२ गते पत्राचार गरिएको जिल्ला स्वास्थ्य अधिकृत उमेशलाल कर्णले जानकारी दिए ।
स्वास्थ्य कार्यालय सिरहामा २०७५ भदौ २० गते प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा बसेको बैठकले नविकरणका लागि २ महिनाको समय तोकेको थियो । यता निजी स्वास्थ्य संस्था सञ्चालकहरुले भने आफूहरुले स्थानीय तहसँग स्वीकृति लिएको र नविकरण गरिरहेको जनाएका छन् । उनीहरुले स्थानीय तहको कार्य्विधिअनुसार १५ शैयाको अस्पतालको नविकरण गर्ने अधिकार भएकोले अहिले त्यहीबाटै नविकरण भइरहेको दावी गरेका छन् ।
संस्था नविकरण नगरी सञ्चालन गर्नेहरुमा आदित्य मेडिकेयर सेन्टर लहान ८, वेष्ट राधा कृष्ण डेन्टल क्लिनिक लहान, अलफ्रेण्ड हेल्थ केयर प्रालि छपराडी र सहलेश पोली क्लिनिक मिर्चैयाले नविकरण नगरी स्वास्थ्य संस्था सञ्चालन गरेको पाइएको छ ।
त्यसैगरी, लहान लाइफ केयर हस्पिटल प्रा.लि. लहान–४, डिफाईन हस्पिटल केयर प्रा.लि. लहान –३, फ्रेण्डस हस्पिटल लहान ४, कामना नर्सिङ होम लहान ४, सगरमाथा मोडेल हस्पिटल प्रालि गोलबजार –८, चोहर्वा, मा धमिनी हस्पिटल प्रालि गोलबजार ६, रेखा नर्सिङ केयर एण्ड डाइग्नोस्टिक सेन्टर प्रालि मिर्चैया ६ सहित ८ वटा रहेका छन् ।





प्रतिकृया