• २२ भदौ २०८३, सोमबार
  • ९ः४६ राती

पहिलो दिनमै बनायो रेकर्ड सलमानको ‘भारत’ले

प्रकाशित मिति

२०७६ जेष्ठ २४ गते, शुक्रबार ०२:५२

गौरब निरौला । बुधबारका दिन ईदको अवसरमा नेपाल तथा भारतमा रिलिज भएको सलमान खानको मुख्य भूमिका रहेको फिल्म ‘भारत’ले बक्स अफिसमा राम्रो ओपनिङ्ग गरेको छ । भारतीय मिडियाको खबरअनुसार फिल्मले पहिलो दिन भारतमा मात्र ४२ करोड ३० लाखको व्यापार गर्न सफल भएको छ।

National Life

ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार, फिल्मले यस वर्ष प्रदर्शनको पहिलो दिन रेकर्ड तोड्ने व्यापार गरेको छ । पहिलो दिनको कमाइको अनुसार सलमानको ‘भारत’ले बलिउडको सबैभन्दा धेरै कमाउने फिल्ममध्ये दोस्रो स्थान पाएको छ ।

पहिलो दिन सबैभन्दा धेरै व्यापार गर्ने फिल्ममा आमिर खानको ‘ठग्स अफ हिन्दोस्तान’ रहेको छ । पछि यो फिल्मले धेरै कमाउन भने सकेको थिएन । दोस्रो स्थान हासिल गरेर मात्र नभएर सलमानको ‘भारत’ले सलमानकै रेकर्ड तोड्न सफल भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

सलमानको आजसम्मको ओपनिङ्गमा सबैभन्दा धेरै कमाउने फिल्म ‘प्रेम रतन धन पायो’ हो । यो फिल्मले पहिलो दिनमा ४० करोड ३५ लाखको व्यापार गरेको थियो ।

यसैसंग ‘भारत’ ले पहिलो दिनको बक्सअफिस कलेक्सन तोड्न सफल भएको छ ।
‘भारत’ ले पहिलो दिन गरेको व्यापारबाट सलमान पनि निकै भएर आफ्नो ट्वीटरमार्फत् प्रशंसकहरुलाई धन्यवाद व्यक्त गरेका छन् । सलमानको ’भारत’ हलिउड फिल्म ’एभेन्जर्स : इन्डगेम’ पछिको २०१९ को सबैभन्दा ठूलो ओपनर फिल्म बन्न सफल भएको छ ।

अली अब्बास जफरको निर्देशनमा तयार भएको यस चलचित्रमा सलमानका साथ अभिनेत्री कट्रिना क्याफ, तबु, दिशा पाटनी, सुनील ग्रोबर, वरुण धवन र जैकी श्राफलगायतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

प्रतिकृया