प्लास्टिक सर्जरी गरेपछि मौनी भइन् ट्रोलको सिकार
प्रकाशित मिति
२०७६ जेष्ठ २४ गते, शुक्रबार ०२:४७
गौरब निरौला ।
नागिनबाट चर्चामा आएकी मौनीले हालै प्लास्टिक सर्जरी गरेकी छन् । मुम्बईमा सलमानको ‘भारत’को प्रिमियर शोमा अभिनेत्री मौनी रोय स्टाइलिस ड्रेसमा पुगेकी थिइन् । उक्त शो हेर्नका लागि बलिउडका धेरै कलाकारहरुको उपस्थिति रहेको थियो ।
जब कार्यक्रमको तस्बिर सार्वजनिक भयो उनलाई लिएर सामाजिक संजालमा धेरै ट्रोल बनाइयो । उनको ट्रोल बन्नुको कारण बनेको छ उनको आफ्नै अनुहार । हो उनी आफ्नै अनुहारका कारण सामाजिक संजालमा ट्रोलको सिकार भएकी छिन् ।

सामाजिक संजालमा सार्वजनिक भएको फोटोमा उनका गाला उचालिएका छन् भने ओठ पनि फुलिएको देखिन्छन् । प्लास्टिक सर्जरी गरेकी मौनीलाई पहिलेभन्दा अस्वाभाविक देखिएको छ । प्लास्टिक सर्जरीले उनको अनुहारलाई बर्बाद गरेको भन्दै उनका फ्यानहरुले टिप्पणी गरेका छन् ।

धेरैले मौनीलाई प्लास्टिकसँग तुलना गरेका छन् भने कतिपयले मौनीलाई राखी सावन्त जस्ती देखिएकी बताएका छन् । उनले गरेको प्लास्टिक सर्जरीलाई धेरै जसोले मनपराएका छैनन् । ‘गोल्ड’ फिल्मबाट बलिउडमा प्रवेश गरेकी मौनी अहिले तीनवटा फिल्महरुमा ब्यस्त रहेकी छिन् ।






प्रतिकृया