• २३ भदौ २०८३, मंगलबार
  • २ः४६ राती

रानीपोखरी पुनर्निर्माण: भक्तपुरका महिलाहरुले परम्परागत प्रविधि प्रयोग गर्दै

प्रकाशित मिति

२०७६ जेष्ठ २४ गते, शुक्रबार ०३:३१

२०७२ साल बैशाख १२ गते आएको विनाशकारी भूकम्पले भत्काएको काठमाडौंको मुटुमा रहेको रानीपोखरी र त्यसको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर अहिले पुनर्निर्माणको क्रममा छ ।

National Life

लामो समय पुनर्निर्माणको ढाँचामा महानगरपालिका, पुरातत्व विभाग, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा राजनैतिक खिचातानिका कारण भूकम्पको साढे ३ वर्षसम्म अल्झिएको रानीपोखरीले पछिल्लो केही महिनायता भने गति लिएको छ ।

करिव साढे २ वर्षअगाडि काठमाडौं महानगरपालिकाले रानीपोखरीको पुनर्निर्माण नयाँ डिजाइनका साथ गर्ने भनी कंक्रिटयुक्त पर्खाल बनाएको थियो। त्यसपछि पुरातत्व विभागले पुरातात्विक रुपमा नै निर्माण गर्ने भन्दै यसको पुनर्निर्माणमा रोक लगायो भने उक्त पर्खालको विषयलाई लिएर चौतर्फी विरोध भएपछि कामपाले २ करोड खर्चमा निर्माण गरिएको कंक्रिट पर्खाल भत्कायो।

Classic Tech Mobile
Classic Tech Desktop

। लामो समयसम्म चर्चारपरिचर्चा र विवादमै रानीपोखरी रोमलियो र पुनर्निर्माण कार्य रोकियो ।
त्यसपछि रक्षा मन्त्रालय, पुरातत्व विभाग, कामनपा र पर्यटन मन्त्रालयका प्रतिनिधिबीच भएको बैठकमा रानीपोखरी पुनर्निर्माणको जिम्मा सेनालाई दिने तयारीसमेत गरियो । प्राधिकरणको सीईओमा सुशील ज्ञवाली आएलगतै सेनालाई दिने तयारी रोकियो । विवादका बीच निर्माणकार्य सुरु हुन सकेन ।

एउटा निर्माणको समस्या र अर्को प्राकृतिक रुपमा पानी अड्याउने समस्या देखिएको यसको खोजी गर्न थालियो जस अनुरुप पुरातत्व विभाग, प्राधिकरण र महानरपालिकाबीच पुरानै शैलीमा निर्माण गर्ने र यसका लागि भक्तपुर नगरपालिकाभित्र पुरातात्विक पोखरीहरु निर्माणमा संलग्न कामदारहरु खटाउने निर्णय गरियो । त्यसपछि त्यो टोलीमा महिलाहरुको संख्या व्यापक रहेको छ । अहिले पुरानै शैलीमा निर्माणकार्य जारी छ ।

अहिले परम्परागत विशेष प्रविधि अपनाएर पाखेरी निर्माण गर्ने भन्दै भक्तपुरका पुरातात्विक पोखरी निर्माण गर्न सफल नेवारी महिलाहरु सक्रिय रुपमा लागिपरेका छन् ।

भक्तपुरबाट आएका सम्पूर्ण मजदुरहरुको नेतृत्व गरेका कृष्णप्रसाद दुमरू अहिले कामदारहरुको हाजिरी गर्न र समूहगत रुपमा कार्यविभाजन गरेर काम लगाउन तल्लिन देखिन्छन् । अध्यक्ष दुमरू भन्छन्, ‘हामीलाई प्राधिकरणले भक्तपुर नगरपालिकामार्फत सम्पर्क ग¥यो, त्यसपछि दिदीबहिनीहरूलाई ल्याएर काम सुरु गरेका हौँ ।’ भक्तपुरको समूहले भक्तपुरस्थित भाजुपोखरी, भक्तपुरकै रानीपोखरी तथा अन्य पोखरीमा पानी अडिने गरी पुनर्निर्माण गर्न सफल हुनुले नै काठमाडौंको रानीपोखरी निर्माणमा आफूहरुलाई खटाइएको उनको भनाइ थियो । उनले यसपछि ललितपुरको पुरातात्विक पोखरी निर्माणमा समेत आफ्नो टोलीसँग कुराकानी भएको र यहि परम्परागत शैली अपनाएर निर्माण गरिने समेत जानकारी दिए ।

प्रतिकृया