• २१ भदौ २०८३, आइतबार
  • ५ः५८ बेलुका

आजको मौसम

प्रकाशित मिति

२०७८ बैशाख १६ गते, बिहीबार १०:१३

काठमाडौँ : हाल मौसमको अवस्था देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

National Life

 

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

Classic Tech Desktop

दिउँसो देशका तराईका भू-भागमा आंशिक बदली र पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भू-भागका थोरै स्थानमा र तराईका एक-दुई स्थानहरुमा अपरान्हपछि मेघगर्जन र चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

देशका  तराईका भू-भागमा भने रातमा आंशिक बदली र पहाडी भू-भागमा सामान्य बदली रहनेछ ।

देशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिकृया