• २५ भदौ २०८३, बिहीबार
  • १ः५२ दिउँसो

बाँकेमा सोमबारदेखि लकडाउन

प्रकाशित मिति

२०७८ बैशाख १२ गते, आईतवार ०४:३७

नेपालगञ्ज:  स्थानीय प्रशासनले बाँके जिल्लाभरि लकडाउन गर्ने निर्णय गरेको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सोमबार राति १२ बजेदेखि २० गते राति १२ बजेसम्म जिल्लाभरि लकडाउन हुने बताए।

National Life

बाँकेका कोरोना संक्रमित ह्वात्तै बढ्दा स्थानीय प्रशासनले ८ गते रातिदेखि १५ गते रातिसम्म नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा मात्रै लकडाउन गरेको थियो।

संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले जिल्लाभरि लकडाउन बढाएको हो। प्रजिअ गेलालले जारी गरेको सूचनामा दैनिक उपभोग्य वस्तु तरकारी, खाद्य, दूध, ग्यासका पसल बिहान ६ देखि ९ बजेसम्म सञ्चालन हुने उल्लेख गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, फोहोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटीएमजस्ता अत्यावश्यक सेवा एवं सार्वजनिक निर्माण कार्य, पूर्व निर्धारित परीक्षा र हवाईसेवा सञ्चालन गर्न पाइनेछ।

बाँकेका संक्रमणसँगै मृत्युदर बढेको छ। बाँकेमा रातिदेखि आइतबार अपराह्न ४ बजेसम्म सात जनाको मृत्यु भइसकेको छ।

जिल्लामा अहिलेसम्म ८५ जनाको मृत्यु भइसकेको छ। बाहिरी जिल्लाका एक सय ३ जनाको मृत्यु भएको छ। वैशाख १ देखि ११ गतेसम्म २ हजार ९ सय ३ जना संक्रमित थपिएका छन् भने २७ जनाको मृत्यु भइसकेको छ।

प्रतिकृया