अक्सिजन ट्याङ्की पड्किएर अस्पतालमा लाग्याे आगलागी : २३ जनाको मृत्यु
प्रकाशित मिति
२०७८ बैशाख १२ गते, आईतवार ११:२७
इराकको राजधानी बगदादमा कोभिड बिरामीहरूको उपचार गरिरहेको एक अस्पतालमा आगलगाी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ।

शनिवार राति खतिब अस्पतालमा रिपोर्टहरूमा जनाइएअनुसार अक्सिजन ट्याङ्की विस्फोट हुँदा आगलागी शुरू भएको हो। आगलागीमा परेर दर्जनौँ घाइते भएकाे जनाइएकाे छ।

सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा अग्नि नियन्त्रकहरू आगो निभाइरहेका र मानिसहरू अस्पताल छोडेर भागिरहेका देखिन्छन्। इराकका प्रधानमन्त्री मुस्तफा अल-कादिमिले दुःखद दुर्घटनाको कारण खोल्न तत्काल अनुसन्धान गर्ने बताएका छन्।
इराकका नागरिक सुरक्षा निकायका प्रमुख मेजर जनरल कादिम बोहानले राज्य सञ्चालित सञ्चारमाध्यमलाई बताएअनुसार अस्पतालको आईसीयू इकाईबाट आगलागी शुरू भएको थियो।
अहिलेसम्म आपत्कालीन उद्धार समूहले १२० मध्ये ९० जना बिरामी र उनका नातेदारलाई उद्धार गरेका छन्। घाइते र बिरामीहरूलाई एम्बुलेन्सबाट नजिकका अन्य अस्पतालमा पुर्याइएको छ। इराकको नागरिक सुरक्षा विभागका अनुसार आइतवार सबेरै सम्ममा आगो नियन्त्रणमा आएको छ ।
इराकमा कोरोनाभाइरस फेब्रुअरीयता तीव्र रूपमा बढिरहेको छ र यो हप्ता सम्ममा १० लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार कुल १० लाख २५ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको र १५,२१७ जनाको कोभिड-१९ का कारण मृत्यु भएको छ।
(बीबीसी,फाइल तस्बिर)



प्रतिकृया