ओलीले बाेलाए आकस्मिक बैठक
प्रकाशित मिति
२०७८ बैशाख १२ गते, आईतवार ०७:३७
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले महाधिवेशन आयोजक समितिको आकश्मिक बैठक बोलाएका छन् ।

आइतबार बिहान साढे १० बजे बालुवाटारमा एमाले अध्यक्ष समेत रहेका ओलीले महाधिवेशन आयोजक समितिको बैठक बोलाएको एक केन्द्रीय सदस्यले जानकारी दिएका छन् ।
नेता माधव कुमार नेपाल पक्षका संघ र प्रदेशका ३२ सांसदलाई ओलीले स्पष्टिकरण सोधेका थिए । त्यसको जवाफ सांसदहरुले गएको बिहीबार बुझाएका थिए । सोही परिवेशमा नेपाल पक्षका नेताहरुको जवाफलाई लिएर बैठक बोलाइएको सदस्यले बताएका छन् ।

ु‘आजको बैठकमा नेपाल पक्षका सांसदहरुको जवाफ र सम्भवतः कारबाहीबारे छलफल केन्द्रित हुनेछ’, केन्द्रीय सदस्यले भने ।
सदस्यहरुलाई बैठकको जानकारीसहितको निम्तो सन्देश शनिबार रातकाे ११ बजेतिर पठाइएकाे हो ।
Related
Recent News
- सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले घट्यो
- भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४० पुग्यो
- नाम्रुङ खोलामा आएको बाढीले चार घर र फलामे पुल बगायो
- बाढीको ११औँ दिन दुई चमत्कारिक उद्धार, घरको भग्नावशेषदेखि सुरुङसम्म भेटिए जीवित
- अपर त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको जीवितै उद्धार
- बाढीले पुरिएको घरबाट ११ दिनपछि महिलाको जीवितै उद्धार
- एफडीआईमा सञ्चालित कम्पनीको वैदेशिक ऋण ७५ अर्ब ७८ करोड पुग्यो
- मानव बेचबिखन मानवसभ्यताकै कलंक : प्रधानमन्त्री शाह
- बाढी प्रभावित क्षेत्रमा राहत पुर्याउन त्रिशूलीमा ड्रोन परीक्षण
- सतपालजी महाराजले गरे भोटेकोशी बाढीपीडितलाई १० लाख सहयोग
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ



प्रतिकृया