• १६ असोज २०८३, शुक्रबार
  • ११ः३५ बिहान

ज्योति विकास बैंकको नाफामा १० गुणाभन्दा बढी वृद्धि, वितरणयोग्य नाफा ऋणात्मकबाट धनात्मक

प्रकाशित मिति

२०८३ श्रावण २१ गते, बिहीबार १०:३९

२१ साउन २०८३ काठमाडौं – ज्योति विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले गत आर्थिक वर्षमा खुद नाफामा उल्लेखनीय सुधार गर्दै १० गुणाभन्दा बढी वृद्धि हासिल गरेको छ।

National Life

गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले १ अर्ब ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा १० करोड रुपैयाँ रहेको थियो। यससँगै बैंकको नाफा ९०५.७५ प्रतिशतले वृद्धि भएको हो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ११.७७ प्रतिशतले बढेर २ अर्ब ३४ करोड १९ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो आम्दानी २ अर्ब ९ करोड ५३ लाख रुपैयाँ रहेको थियो।

Classic Tech Mobile
Classic Tech Desktop

बैंकको सञ्चालन मुनाफा पनि उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष ३८ करोड ९८ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा ३६०.१५ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ७९ करोड ३७ लाख रुपैयाँ पुगेको छ।

वितरणयोग्य नाफामा पनि बैंकले ठूलो सुधार गरेको छ। अघिल्लो आर्थिक वर्षमा ९९ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य नाफा गत आर्थिक वर्षमा १४ करोड ४३ लाख रुपैयाँ धनात्मक भएको छ, जसले भविष्यमा लाभांश वितरण क्षमतामा सुधार भएको संकेत गरेको छ।

बैंकको प्रतिशेयर आम्दानी (EPS) २ रुपैयाँ २८ पैसाबाट बढेर २२ रुपैयाँ ८८ पैसा पुगेको छ। यस्तै, खराब कर्जा (NPL) ७.७५ प्रतिशतबाट घटेर ६.६५ प्रतिशतमा झरेको छ। आधार दर ७.१२ प्रतिशतबाट ५.८९ प्रतिशतमा झरेको छ भने कस्ट अफ फण्ड ३.७६ प्रतिशत र प्रतिशेयर नेटवर्थ १७० रुपैयाँ ९७ पैसा कायम भएको छ।

हाल बैंकको चुक्ता पूँजी ४ अर्ब ३९ करोड ५७ लाख रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा २ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ सञ्चित रहेको छ। समीक्षा अवधिमा बैंकको कर्जा प्रवाह ४५ अर्ब २३ करोड ५० लाख रुपैयाँबाट बढेर ४९ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ पुगेको छ। निक्षेप संकलन पनि ६० अर्ब ४८ करोड २५ लाख रुपैयाँबाट वृद्धि भएर ६७ अर्ब २२ करोड ९२ लाख रुपैयाँ पुगेको बैंकले जनाएको छ।

प्रतिकृया