• १६ असोज २०८३, शुक्रबार
  • ११ः३६ बिहान

कृषि विकास बैंकको नाफा २९.५२% घट्यो, खराब कर्जा बढेर ४.०७% पुग्यो

प्रकाशित मिति

२०८३ श्रावण २१ गते, बिहीबार ०९:१०

२१ साउन २०८३ काठमाडौं – कृषि विकास बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा २९.५२ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्म बैंकले २ अर्ब ६३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ७३ करोड २४ लाख रुपैयाँ रहेको थियो।

National Life

बैंकको खुद ब्याज आम्दानी ३.४५ प्रतिशतले घटेर ९ अर्ब १२ करोड १५ लाख रुपैयाँमा सीमित भएको छ। सञ्चालन नाफा पनि २४.३२ प्रतिशतले घटेर ३ अर्ब ९४ करोड ३५ लाख रुपैयाँमा झरेको छ।

यस अवधिमा कर्जा नोक्सानी व्यवस्थाका लागि छुट्याइएको रकम उल्लेख्य रूपमा बढेको छ। बैंकले १ अर्ब १७ करोड २६ लाख रुपैयाँ प्रोभिजन गरेको छ, जुन अघिल्लो वर्षको ६३ करोड ७ लाख रुपैयाँको तुलनामा निकै बढी हो। बैंकको वितरणयोग्य नाफा ५५.१९ प्रतिशतले घटेर १ अर्ब २६ करोड २१ लाख रुपैयाँमा सीमित भएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

असार मसान्तसम्म बैंकको चुक्ता पूँजी १९ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ रहेको छ, जसमा ५ अर्ब ४३ करोड रुपैयाँ अग्राधिकार सेयर पुँजी समावेश छ। जगेडा कोषमा १९ अर्ब १६ करोड ८० लाख रुपैयाँ सञ्चित रहेको बैंकले जनाएको छ। समीक्षा अवधिमा बैंकले ३ खर्ब ४७ अर्ब २१ करोड ९८ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ४७ अर्ब १४ करोड ५२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।

यस्तै, बैंकको निष्क्रिय कर्जा (NPL) ३.४४ प्रतिशतबाट बढेर ४.०७ प्रतिशत पुगेको छ। प्रतिसेयर आम्दानी (EPS) १६ रुपैयाँ ११ पैसा तथा प्रतिसेयर नेटवर्थ २३१ रुपैयाँ ७१ पैसा रहेको छ।

प्रतिकृया