• १६ असोज २०८३, शुक्रबार
  • ११ः३७ बिहान

तराई–मधेशको सुरक्षा अवस्था कडा, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उच्च अधिकृत परिचालन

प्रकाशित मिति

२०८३ श्रावण १५ गते, शुक्रबार १२:१०

१५ साउन २०८३ काठमाडौं – तराई–मधेशका केही जिल्लामा सुरक्षा अवस्था तनावपूर्ण बनेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले उच्च अधिकृतलाई प्रभावित क्षेत्रमा परिचालन गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अविनारायण काफ्लेका अनुसार कर्फ्यु लागू भएका तथा संवेदनशील मानिएका तराई–मधेशका जिल्लामा वरिष्ठ प्रहरी अधिकृतहरू खटाइएको छ।

National Life

सुरक्षा अवस्थाको प्रत्यक्ष अनुगमन, समन्वय र आवश्यक निर्णयलाई प्रभावकारी बनाउन उनीहरूलाई परिचालन गरिएको हो।

यस्तै, सशस्त्र प्रहरी बलले पनि उच्च अधिकृतहरूलाई तराईका विभिन्न जिल्लामा पठाएको जनाएको छ। उनीहरूसँगै थप सुरक्षा व्यवस्थापनका लागि छिमेकी जिल्लाबाट समेत सुरक्षाकर्मी परिचालन गरिएको छ। पछिल्ला दिनमा तराई–मधेशका केही जिल्लामा उत्पन्न तनाव र विरोध प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा निकायले संवेदनशील क्षेत्रमा सुरक्षा उपस्थिति बढाएको हो। प्रशासनले शान्ति–सुरक्षा कायम राख्न आवश्यक सुरक्षा सतर्कता अपनाइएको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया