• २५ भदौ २०८३, बिहीबार
  • ३ः५८ दिउँसो

धनगढीमा आत्मदाह प्रयास गरेका युवकको उपचारका क्रममा मृत्यु

प्रकाशित मिति

२०८३ श्रावण ११ गते, सोमबार ११:५३

धनगढी- कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–७ निवासी ३५ वर्षीय ज्योति चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनले शनिबार साँझ आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।

National Life

घटनापछि आफन्तले तत्काल उद्धार गरी सेती प्रादेशिक अस्पताल पुर्‍याएका थिए। चिकित्सकका अनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको थियो। अवस्था गम्भीर बनेपछि थप उपचारका लागि भेरी अस्पताल, नेपालगञ्ज रिफर गरिएको थियो।

तर उपचारका लागि काठमाडौंतर्फ लैजाँदै गर्दा आइतबार राति बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। आफन्तले सोमबार बिहान करिब ७ बजे घटनाबारे प्रहरीलाई जानकारी दिएका हुन्। हाल चौधरीको शव सेती प्रादेशिक अस्पताल, धनगढीमा राखिएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र यस विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया