• २५ भदौ २०८३, बिहीबार
  • ३ः५९ दिउँसो

स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा १३ जना प्रतिस्पर्धामा, आवेदन स्वीकृत

प्रकाशित मिति

२०८३ श्रावण ११ गते, सोमबार ११:४६

११ साउन २०८३ काठमाडौं – स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि परेका दरखास्तमध्ये १३ जना उम्मेदवारको आवेदन स्वीकृत भएको छ। बोर्डले गत असार ३१ गते प्रकाशित सूचनाअनुसार तोकिएको समयभित्र प्राप्त दरखास्तहरूको छानबिनपछि योग्यता पुगेका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको हो।

National Life

स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २१ तथा प्रकाशित सूचनामा उल्लेखित मापदण्डका आधारमा साउन ८ गते बसेको बोर्ड बैठकले योग्य ठहरिएका उम्मेदवारहरूको आवेदन स्वीकृत गर्ने निर्णय गरेको शाखा अधिकृत झलकराज जोशीद्वारा जारी सूचनामा उल्लेख छ।

स्वीकृत उम्मेदवारहरूमा डा. राजेन्द्रकुमार पोख्रेल, सुभाष कोइराला, बुद्धकाजी श्रेष्ठ, गंगाप्रसाद जोशी, डा. प्रमोदकुमार यादव, डा. मुक्तिनाथ खनाल, डा. होमनाथ गैरे, राजेन्द्र श्रेष्ठ, तुलसीप्रसाद सुवेदी, विमला भट्ट, पारस अधिकारी, रोशनकुमार महतो र उत्तमकुमार कोइराला रहेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

बोर्डले प्रारम्भिक चरणमा आवेदन स्वीकृत भएका यी १३ जना उम्मेदवारलाई समेटेर कार्यकारी निर्देशक छनोटको आगामी प्रक्रिया अघि बढाउने जनाएको छ।

प्रतिकृया