• २१ भदौ २०८३, आइतबार
  • १ः३५ दिउँसो

नयाँ आर्थिक वर्षमा झन्डै २ हजार निजामती कर्मचारी अनिवार्य अवकाशमा

प्रकाशित मिति

२०८३ श्रावण १ गते, शुक्रबार ०९:३०

१ साउन २०८३ काठमाडौं –  नयाँ आर्थिक वर्ष २०८३/८४ मा झन्डै २ हजार निजामती कर्मचारी अनिवार्य अवकाशमा जाने भएका छन्। राष्ट्रिय किताबखाना (निजामती) ले सार्वजनिक गरेको विवरणअनुसार कुल ९२ हजार ५२० निजामती कर्मचारीमध्ये १ हजार ९८५ जना कर्मचारीले यही आर्थिक वर्षभित्र उमेर हद (५८ वर्ष) वा पदावधि पूरा गरेका कारण अनिवार्य अवकाश पाउनेछन्।

National Life

यस वर्ष अवकाश पाउनेमध्ये उच्च तहका कर्मचारीको संख्या पनि उल्लेख्य रहेको छ। विवरणअनुसार विशिष्ट श्रेणी (सचिव वा सो सरह) का २० जना, सहसचिव वा सो सरह का ८७ जना, उपसचिव वा सो सरह का २०६ जना तथा शाखा अधिकृत वा सो सरह का ३२० जना कर्मचारी सेवाबाट बाहिरिनेछन्।

त्यस्तै, सहायक स्तर का ७७३ जना र श्रेणीविहीन तर्फका ५७९ जना कर्मचारी पनि यसै आर्थिक वर्षमा अनिवार्य अवकाशमा जाने सूचीमा रहेका छन्।

Classic Tech Desktop

राष्ट्रिय किताबखानाको कार्यसञ्चालन दिग्दर्शन, २०७२ अनुसार अनिवार्य अवकाशमा जाने कर्मचारीको अनुमानित विवरण अग्रिम रूपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेकाले उक्त सूची आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिएको हो।

किताबखानाका महानिर्देशक श्रवणकुमार पोखरेल का अनुसार सार्वजनिक विवरणमा न्यायाधीशहरूको अवकाश सम्बन्धी विवरण भने समावेश गरिएको छैन।

प्रतिकृया