• १९ असोज २०८३, सोमबार
  • १०ः१८ बिहान

त्रिवि सेवा आयोग अध्यक्ष नियुक्तिप्रति शंकर पोखरेलको व्यङ्ग्य, ‘जान्नेलाई छान्ने’ नारामाथि प्रश्न

प्रकाशित मिति

२०८३ असार १८ गते, बिहीबार १०:४२

१८ असार २०८३ काठमाडौं – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्ष नियुक्तिलाई लिएर वर्तमान सरकारको आलोचना गरेका छन्। उनले सरकारको नियुक्ति प्रक्रिया र विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबीमाथि प्रश्न उठाएका हुन्।

National Life

सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै पोखरेलले प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारको शैलीप्रति व्यङ्ग्य गरेका छन्।

प्रधानमन्त्री तथा कुलपति शाहले बुधबार नेपाल सरकारका पूर्वसचिव तथा वरिष्ठ सहरी योजनाविद् किशोर थापालाई त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा नियुक्त गरेका थिए। त्यसलगत्तै पोखरेलले उक्त नियुक्तिमाथि टिप्पणी गर्दै विगतमा स्थानीय तह निर्वाचनमा बालेन शाहसँगै प्रतिस्पर्धा गरेका व्यक्तिलाई राजनीतिक नियुक्तिमा ल्याइनुले सरकारको दोहोरो चरित्र देखिएको दाबी गरेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

पोखरेलले विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने भन्दै विद्यार्थी संगठनका संरचना हटाउने निर्णय गर्ने, तर नियुक्तिमा आफ्ना निकट व्यक्तिलाई अघि सार्ने कार्यबीच विरोधाभास रहेको उल्लेख गरेका छन्।

उनले राजनीतिकरण अन्त्य गर्ने नाममा अध्यादेशमार्फत पद रिक्त गराएर त्यसमा आफ्नै पक्षका व्यक्तिलाई नियुक्त गरिएको आरोप लगाउँदै सरकारको ‘जान्नेलाई छान्ने’ भन्ने नाराको व्यवहारिक रूप यही भएको टिप्पणी गरेका छन्।

प्रतिकृया