• १३ असोज २०८३, मंगलबार
  • २ः४१ राती

सुकुमबासीलाई बलजफ्ती ननिकाल्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह

प्रकाशित मिति

२०८३ असार १५ गते, सोमबार १२:३६

१५ असार २०८३ काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले होल्डिङ सेन्टरमा राखिएका सुकुमबासीहरूको वैज्ञानिक र मानवीय आधारमा शीघ्र पुनर्वासको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

National Life

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले पुनर्वासको उचित व्यवस्था नगरी सुकुमबासीलाई होल्डिङ सेन्टरबाट बलजफ्ती हटाउने कार्य तत्काल रोक्न माग गरेका छन्।

श्रेष्ठले सरकारले सुकुमबासीलाई होल्डिङ सेन्टरबाट निकाल्ने सूचना, धम्की र चेतावनी दिएको भन्दै त्यसलाई गैरजिम्मेवार र गलत कदमको संज्ञा दिएका छन्। उनले पुनर्वासको व्यवस्था नभएसम्म सुकुमबासीलाई बल प्रयोग गरेर हटाउने कार्य रोक्न आग्रह गर्दै त्यसो नगरे गम्भीर परिणाम निम्तिन सक्ने चेतावनी दिएका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

साथै, उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) नेतृत्वमा नेपाली सेना तथा सुरक्षा फौजको प्रयोग गरी सुकुमबासीलाई अमानवीय ढंगले हटाइएको आरोप पनि लगाएका छन्। श्रेष्ठले सुकुमबासीको दीर्घकालीन र सम्मानजनक बसोबास सुनिश्चित गर्ने गरी सरकारले तत्काल उचित समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

प्रतिकृया