• १३ असोज २०८३, मंगलबार
  • १ः५२ राती

सेबोन अध्यक्षलाई अर्थमन्त्री वाग्लेको निर्देशन : हरेक हप्ता पुँजीबजारको ब्रिफिङ दिनुहोस्

प्रकाशित मिति

२०८३ असार १५ गते, सोमबार १२:२९

१५ असार २०८३ काठमाडौं- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष गोपालप्रसाद भट्टलाई पुँजीबजारको अवस्थाबारे हरेक हप्ता मन्त्रालयलाई ब्रिफिङ दिन निर्देशन दिएका छन्।

National Life

सोमबार अध्यक्ष भट्टलाई पद तथा गोपनीयताको शपथ गराएपछि अर्थमन्त्री वाग्लेले पुँजीबजार सुधारका योजनालाई स्पष्ट समयसीमासहित कार्यान्वयन गर्न र लगानीकर्ताको विश्वास बढाउने गरी नियामकको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न आग्रह गरे।

उनले सुधारका कार्यक्रमलाई नतिजामुखी ढंगले अघि बढाउन जोड दिँदै मन्त्रालयबाट कुनै प्रकारको हस्तक्षेप नहुने स्पष्ट पारे।

Classic Tech Mobile
Classic Tech Desktop

‘पुँजीबजार सुधारका योजनाहरू समयसीमा बनाएर कार्यान्वयन गर्नुहोस्। बजारमा आत्मविश्वास बढाउँदै नियमनको भूमिका प्रभावकारी रूपमा निर्वाह गर्नुहोस्। मन्त्रालयबाट कुनै हस्तक्षेप हुँदैन, धेरै बोल्नेभन्दा काम गरेर देखाउनुहोस्। मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ,’ अर्थमन्त्री वाग्लेले भने।

वाग्लेले लगानीकर्ताको लगानीको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकतामा राखेर निष्पक्ष ढंगले काम गर्न पनि अध्यक्ष भट्टलाई निर्देशन दिए। उनले कुनै पनि प्रभाव वा प्रलोभनमा नपरी पुँजीबजारलाई पारदर्शी, विश्वसनीय र लगानीमैत्री बनाउनुपर्नेमा जोड दिए।

अर्थमन्त्रीले पुँजी परिचालनमार्फत आर्थिक वृद्धिलाई गति दिने वातावरण निर्माणमा सेबोनले सक्रिय भूमिका खेल्नुपर्ने उल्लेख गर्दै सरकारले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिकृया