• १५ असोज २०८३, बिहीबार
  • ३ः२१ राती

रास्वपा महाधिवेशन उद्घाटनमा विभिन्न दलका नेताको बाक्लो उपस्थिति

प्रकाशित मिति

२०८३ असार ७ गते, आईतवार ०२:३१

७ असार २०८३ चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरू चितवन पुग्ने क्रम जारी रहेको छ।

National Life

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा (एमाले)का नेता प्रदीपकुमार ज्ञवाली, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमस्थलमा पुगिसकेका छन् ।

यसैगरी, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत चितवन पुगिसकेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनलाई पार्टीको संगठनात्मक सुदृढीकरण, भावी नेतृत्व चयन तथा आगामी राजनीतिक रणनीति तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। महाधिवेशनमा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहने बताइएको छ।

महाधिवेशन उद्घाटन सत्रमा विभिन्न दलका नेताहरूको उपस्थितिले अन्तरदलीय सहकार्य र लोकतान्त्रिक संवादलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

प्रतिकृया