• ४ साउन २०८३, सोमबार
  • ८:०० बेलुका

संसद्मा हर्क साम्पाङले खोजे प्रधानमन्त्री बालेनको हाजिरी

प्रकाशित मिति

२०८३ जेष्ठ १९ गते, मंगलवार ०४:४२

१९ जेठ २०८३ काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाह (बालेन) को हाजिरीबारे प्रश्न उठाएका छन्।प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ४ अनुसार बैठकमा सहभागी हुनुअघि प्रत्येक सदस्यले हाजिरी पुस्तिका वा विद्युतीय उपस्थितिमार्फत उपस्थिति जनाउनुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै साम्पाङले प्रधानमन्त्रीले हाजिरी गरेको वा नगरेकोबारे जानकारी माग गरेका हुन्।

संसद्मा बोल्दै उनले, “प्रधानमन्त्रीज्यू यहाँ आउँदा हाजिर गर्नुभएको छ कि छैन ? यदि हाजिर गर्नुभएको छैन भने उहाँ प्रतिनिधिसभाको सदस्य नरहेको ठहर हुन्छ,” भने।

Kamana Sewa

साम्पाङले प्रतिनिधिसभाको सदस्य नरहेको अवस्थामा प्रधानमन्त्री पद स्वतः रद्द हुनुपर्ने दाबी समेत गरे।

Classic Tech Desktop

उनले प्रधानमन्त्रीले हालै दिएको ‘नेपालले पनि भारतको भूमि मिचेको’ भन्ने अभिव्यक्तिबारे स्पष्ट जानकारी दिनुपर्ने माग गर्दै तथ्य पुष्टि गर्न वा गल्ती भएको भए माफी माग्न आग्रह गरेका छन्।

प्रतिकृया