• १७ असोज २०८३, शनिबार
  • १ः४९ राती

एमालेले व्यवसायी मीनबहादुर गुरुङको जग्गा दान “धन्यवादसहित फिर्ता” गर्ने प्रस्ताव

प्रकाशित मिति

२०८३ जेष्ठ ७ गते, बिहीबार ०५:०७

७ जेठ २०८३ काठमाडौं – नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङले पार्टीलाई दिएको कलंकीस्थित १० रोपनी १४ आना जग्गा फिर्ता गर्ने प्रस्ताव अघि सारेको छ। सोमबार बसेको एमाले सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीले गुरुङले दिएको जग्गा र पार्टी कार्यालय भवन निर्माणसम्बन्धी शिलान्यास प्रक्रियालाई “धन्यवादसहित फिर्ता” गर्ने कार्यसूची प्रस्तुत गरेका हुन्।

National Life

गत २०८१ असोजमा गुरुङले एमालेलाई उक्त जग्गा दान गर्दै पार्टी कार्यालय भवन निर्माण गर्ने घोषणा गरेका थिए। तर सो निर्णयपछि पार्टीभित्रै विवाद चुलिएको थियो। सोही विषयलाई लिएर डा. विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई ६ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्बन समेत गरिएको थियो।

हालै भाटभटेनीमा भएको आगजनी घटनापछि गुरुङ आफैं पनि आफ्नो पूर्व घोषणा फिर्ता हुने अवस्थामा पुगेको नेताहरूले बताएका छन्। पार्टीले अब औपचारिक रूपमा जग्गा फिर्ता प्रक्रिया अघि बढाउने तयारी गरेको जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया