• १७ असोज २०८३, शनिबार
  • १ः१३ राती

यी हुन् एमालेद्वारा विभागीय प्रमुख र जनसंगठन इन्चार्ज प्रस्ताव, शुक्रबार अन्तिम टुंगो लगाइने

प्रकाशित मिति

२०८३ जेष्ठ ७ गते, बिहीबार ०३:३८

७ जेठ २०८३ काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले पार्टी संगठनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित विभागीय प्रमुख र जनसंगठन इन्चार्जहरूको प्रस्तावित नाम सार्वजनिक गरेको छ । सोमबार बसेको पार्टी सचिवालय बैठकले विभिन्न विभाग, फाँट र जनसंगठनका जिम्मेवारीका लागि नेताहरूको नाम प्रस्ताव गरेको हो । पार्टीले आगामी शुक्रबार बस्ने सचिवालय बैठकबाट कार्यविभाजनलाई अन्तिम रूप दिने जनाएको छ ।

National Life

बैठकले प्रदीप ज्ञवाली लाई विदेश मामिला विभाग प्रमुखमा प्रस्ताव गरेको छ भने पद्मा अर्याल लाई संसदीय मामिला विभाग प्रमुखको जिम्मेवारी दिने प्रस्ताव गरिएको छ । त्यस्तै हिक्मत कार्की राष्ट्रिय हित संरक्षण विभाग प्रमुख, भानुभक्त ढकाल संगठन विभाग प्रमुख तथा डा. सूर्य पाठक प्रचार तथा प्रकाशन विभाग प्रमुखमा प्रस्तावित भएका छन् ।

पार्टी स्कुल विभाग प्रमुखमा शेरबहादुर तामाङ लाई प्रस्ताव गरिएको छ भने पर्यटन तथा नागरिक उड्डयन विभाग प्रमुखमा आनन्द पोखरेल लाई जिम्मेवारी दिने तयारी गरिएको छ । त्यसैगरी कल्पना चापागाईं समाज कल्याण तथा समाजसेवा विभाग प्रमुख, कर्ण थापा उद्योग, वाणिज्य तथा आपूर्ति विभाग प्रमुख तथा क्रान्ति बुर्लाकोटी युवा तथा खेलकुद विभाग प्रमुखमा प्रस्तावित भएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

एमालेले कृषि, खानेपानी, भूमि व्यवस्था, सहकारी, वित्त, विज्ञान तथा प्रविधि, शिक्षा, कानुन, श्रम तथा रोजगार, वन तथा वातावरण, स्थानीय विकास लगायतका विभागमा पनि नेताहरूको जिम्मेवारी बाँडफाँट प्रस्ताव गरेको छ । पार्टीका विभिन्न जनसंगठन र फाँटहरूमा समेत इन्चार्ज तोक्ने तयारी गरिएको छ ।

प्रस्तावित सूचीअनुसार रामकुमारी झाक्री सहरी विकास विभाग प्रमुख, विन्दा पाण्डे श्रम तथा रोजगार विभाग प्रमुख तथा विशाल भट्टराई जनसंगठन समन्वय संयन्त्र प्रमुखमा प्रस्तावित भएका छन् । त्यस्तै युवा फाँट इन्चार्जमा क्षितिज थेवे, विद्यार्थी फाँट इन्चार्जमा रश्मी आचार्य, भारत प्रवास इन्चार्जमा हरिप्रसाद घिमिरे तथा महिला फाँट इन्चार्जमा टुकाभद्रा हमाललाई प्रस्ताव गरिएको छ ।

एमालेले नयाँ कार्यविभाजनमार्फत पार्टी संगठनलाई चुस्त बनाउने, जनसंगठनलाई सक्रिय बनाउने र आगामी राजनीतिक कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने लक्ष्य लिएको जनाएको छ ।

प्रतिकृया