• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

नेपाली कांग्रेसको मधेश प्रदेशस्तरीय भेला आज र भोलि बर्दिबासमा हुँदै

प्रकाशित मिति

२०८३ जेष्ठ ६ गते, बुधबार १०:२२

६ जेठ २०८३ काठमाडौं – नेपाली कांग्रेस ले मधेश प्रदेशस्तरीय भेला आज र भोलि महोत्तरीको बर्दिबासमा आयोजना गर्दैछ । गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेल लगायत शीर्ष नेताहरूको सहभागितामा हुने भेलामा आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा र सुशासनका विषयमा छलफल हुने जनाइएको छ ।

भेलामा केन्द्रीय सदस्य, प्रदेश कार्यसमिति, जिल्लाका सभापति, संघीय तथा प्रदेश सांसद, मन्त्री र स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागिता रहनेछ । यसअघि कांग्रेसले सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा पनि यस्ता प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको छ ।

Kamana Sewa

प्रतिकृया