• ३ साउन २०८३, आइतबार
  • ३:४२ बेलुका

सभामुखको निर्देशनपछि सांसद पराजुलीका विवादित अभिव्यक्ति संसद अभिलेखबाट हटाइने

प्रकाशित मिति

२०८३ बैशाख ३१ गते, बिहीबार ११:५९

३१ बैशाख २०८३ काठमाडौं- प्रतिनिधिसभाका सभामुख डीपी अर्यालले सांसद गणेश पराजुलीले प्रयोग गरेका दुई अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन निर्देशन दिएका छन् । सांसद पराजुलीले मंगलबारको बैठकमा धारणा राख्ने क्रममा ‘भरौटेहरु’ र ‘यहाँ लुगा लगाएर पनि नांगै हिँडेजस्तो गरी’ भन्ने शब्द प्रयोग गरेका थिए ।

उक्त अभिव्यक्तिहरू हटाउन विपक्षी दलहरूले माग गरेका थिए । सभामुख अर्यालले ती शब्दहरू संसदीय मर्यादा विपरीत भएको भन्दै अभिलेखबाट हटाउन निर्देशन दिएका हुन् ।

Kamana Sewa

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले सबै सांसदलाई संसदीय मर्यादा कायम राख्न पनि आग्रह गरेका छन् ।

Classic Tech Desktop

प्रतिकृया