• ४ साउन २०८३, सोमबार
  • १:४९ बिहान

संसद सम्बोधनमा प्रचण्ड भावुक,सहिदको त्यागले बनेको संसदलाई जोगाउनुपर्ने आग्रह

प्रकाशित मिति

२०८३ बैशाख २९ गते, मंगलवार ०२:४९

२९ बैशाख २०८३ काठमाडौं- पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संसद समावेशी सहिदहरूको बलिदानको उपज भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा पूर्वप्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्दै उनले संसद भवन केवल सिमेन्ट, इँटा र फलामले मात्रै नभई हजारौँ सहिदहरूको त्याग र बलिदानले बनेको उल्लेख गरे ।

उनले हरेक वर्ग, वर्ण, जाति, लिङ्ग र समुदायको प्रतिनिधित्व सुनिश्चित गर्न विगतमा सशस्त्र तथा शान्तिपूर्ण आन्दोलन गरिएको स्मरण गरे । “यो भवनको जगमा शहादत छ, हरेक भित्तामा बलिदानको रङ्ग छ,” भन्दै उनले विभिन्न आन्दोलनका सहिद, बेपत्ता, घाइते योद्धा तथा अभियानकर्मीप्रति कृतज्ञता व्यक्त गरे ।

Kamana Sewa

राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन सफलताको प्रशंसा गर्दै प्रचण्डले पार्टीले झन्डै दुई तिहाइ सफलता हासिल गरेको उल्लेख गरे । उनले पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई विशेष बधाई दिएका छन् ।

Classic Tech Desktop

निर्वाचन परिणामका हिसाबले आफ्नो दल खुम्चिएको स्वीकार गर्दै उनले नयाँ राजनीतिक वातावरण निर्माणमा आफ्नो पार्टीको भूमिका महत्वपूर्ण रहेको पनि बताए ।

प्रतिकृया