• ४ साउन २०८३, सोमबार
  • ९:१८ बेलुका

अवतरणकै क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगलागी

प्रकाशित मिति

२०८३ बैशाख २८ गते, सोमबार ०७:५४

काठमाडौँ । टर्किस एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा चक्कामा आगो लागेको छ ।इस्तानबुलबाट सोमबार बिहान काठमाडौँ आएको टीके–७२६ कलसाइनको विमान ल्याण्ड गर्ने क्रममा उक्त घटना भएको हो ।

विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार घटनालगत्तै दमकल परिचालन गरी आगो नियन्त्रणमा लिइएको थियो । उनका अनुसार विमानमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेका छन् ।

Kamana Sewa

हाल विमानस्थलको रनवे केही समयका लागि बन्द गरेर जहाजलाई ट्याक्सी–वे तर्फ सार्ने प्रयास भइरहेको छ । त्यसपछि विमानको प्राविधिक परीक्षण गरिने प्रहरीले जनाएको छ । प्रारम्भिक विवरणअनुसार विमानमा २७८ जना यात्रु र ११ जना चालक दलका सदस्य सवार थिए । विमानमा संयुक्त राष्ट्रसंघका केही कूटनीतिज्ञसमेत रहेको बताइएको छ ।

Classic Tech Desktop

यसअघि २०७१ सालमा पनि टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो । उक्त घटनामा मानवीय क्षति नभए पनि विमानस्थल चार दिनसम्म बन्द भएको थियो ।

प्रतिकृया