• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

कांग्रेस सांसदलाई गगन थापाको प्रशिक्षण, संसदमा भूमिकाबारे छलफल हुने

प्रकाशित मिति

२०८३ बैशाख २३ गते, बुधबार ११:२९

२३ बैशाख २०८३ काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका तर्फबाट संघीय संसद्मा प्रतिनिधित्व गर्ने सांसदहरूलाई प्रशिक्षण दिने भएका छन् । बुधबार दिउँसो १ बजे सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने संसदीय दलको बैठकमा सभापति थापाले सांसदहरूले सदनमा निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिने कार्यक्रम रहेको संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जानकारी दिए ।

‘दिउँसो १ बजे संसदीय दलको बैठक बस्दैछ । सो बैठकमा सभापतिजीले संसदमा विधायकले खेल्नुपर्ने भूमिकाबारे सांसद साथीहरूलाई प्रशिक्षण दिनुहुनेछ,’ नेता आङ्देम्बेले बताए ।

Kamana Sewa

बैठकमा सरकारले ल्याएका अध्यादेशहरू तथा उचित व्यवस्थापनबिना सुकुमबासी बस्तीमा चलाइएको डोजरबारे पनि छलफल हुने बताइएको छ । साथै, यी विषयहरू संघीय संसदमा कसरी प्रभावकारी रूपमा उठाउने भन्नेबारे पनि एजेन्डा तय गरिने नेता आङ्देम्बेले जानकारी दिए ।

Classic Tech Desktop

प्रतिकृया