• ४ साउन २०८३, सोमबार
  • ३:१८ बिहान

सुनको मूल्यमा फेरि उछाल, एकैदिन तोलामा ५ हजार ८०० रुपैयाँ वृद्धि

प्रकाशित मिति

२०८३ बैशाख २३ गते, बुधबार ११:०८

२३ बैशाख २०८३ काठमाडौं- सुनको मूल्यमा आज ठूलो वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ एकैदिन तोलामा ५ हजार ८०० रुपैयाँले बढेको छ ।

महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९६ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिनको तुलनामा यो वृद्धि उल्लेखनीय मानिएको छ ।

Kamana Sewa

त्यस्तै, चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा १७५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Desktop

अन्तर्राष्ट्रिय बजारको उतारचढाव, डलरको भाउ तथा आन्तरिक मागका कारण सुनचाँदीको मूल्यमा निरन्तर परिवर्तन हुँदै आएको व्यवसायीहरूले बताएका छन् ।

प्रतिकृया