• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

सचिन ढकाल एफएनसीसीआईको केन्द्रीय कार्यकारिणी सदस्यमा सर्वाधिक मतसहित निर्वाचित

प्रकाशित मिति

२०८३ बैशाख २३ गते, बुधबार १२:३७

२३ बैशाख २०८३ काठमाडौं- आईएमई ग्रुप प्रालिका सचिन ढकाल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को केन्द्रीय कार्यकारिणी सदस्य पदमा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनमा एसोसिएट्सतर्फबाट उनले सर्वाधिक मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।

महासंघको विधानअनुसार एसोसिएट्सतर्फ १७ जना सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ । निर्वाचन समितिका अनुसार सचिन ढकालले सबैभन्दा बढी १ हजार ३१८ मत प्राप्त गरेका छन् । त्यसपछि हेमन्त गोल्छाले १ हजार २०२ मत, अम्बिका प्रसाद पौडेलले १ हजार १८३ मत, उज्ज्वल कुमार श्रेष्ठले १ हजार १५६ मत, शक्ति कुमार बेगानीले १ हजार १४२ मत, ऋषि अग्रवालले १ हजार १२२ मत र सुशील थापाले १ हजार ९४ मत प्राप्त गर्दै निर्वाचित भएका छन् ।

Kamana Sewa

यस्तै, रामशरण भण्डारीले १ हजार ४३ मत, राजेश कुमार अग्रवालले १ हजार ८२ मत, सुयस प्याकुरेलले १ हजार ६९ मत र बाबुकाजी कार्कीले १ हजार ६ मत ल्याउँदै विजयी भएका छन् । अन्य निर्वाचित सदस्यहरूमा दिवश न्यौपाने (९९१), कृष्ण लाल महर्जन (९७४), प्रियराज रेग्मी (९५४), ईश्वर बहादुर जीसी (९४९), सुरज उप्रेती (९०७) र बटु लामिछाने (८६०) रहेका छन् ।

Classic Tech Desktop

प्रतिकृया