• ४ साउन २०८३, सोमबार
  • १:१९ बिहान

राज्य कोषबाट दोहोरो सुविधा लिनेहरूको विवरण तत्काल बुझाउन सरकारको निर्देशन

प्रकाशित मिति

२०८३ बैशाख २३ गते, बुधबार १२:४९

२३ बैशाख २०८३ काठमाडौं- राज्यकोषबाट दोहोरो तथा असीमित सुविधा लिने प्रवृत्ति नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेका सवारी साधनको यथार्थ विवरण तत्काल उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनमा केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेकोभन्दा बढी सवारीसाधन प्रयोग गरेको तथा विभिन्न निकायबाट दोहोरो सुविधा लिइरहेको देखिएपछि गृह मन्त्रालयसँग विस्तृत विवरण माग गरिएको हो ।

Kamana Sewa

पत्रमार्फत पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वराष्ट्रियसभा अध्यक्षहरूले लिइरहेको सुविधा सम्बन्धी पूर्ण विवरण आजै कार्यालय समयभित्र इमेलमार्फत पठाउन आग्रह गरिएको छ ।

Classic Tech Desktop

प्रधानमन्त्री बालेन शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार राज्यकोषको दुरुपयोग रोक्न र सुशासन सुनिश्चित गर्न सरकारले कडाइका साथ विवरण माग गरेको हो । उनका अनुसार कानुनले तोकेभन्दा बढी सुविधा लिइएको पाइएमा त्यसलाई नियन्त्रण गर्दै प्रणालीलाई पारदर्शी बनाउने उद्देश्य सरकारको रहेको छ ।

सरकारले गृह मन्त्रालयबाट प्राप्त विवरणका आधारमा मापदण्डविपरीत सुविधा लिएका सवारी साधन फिर्ता गर्ने तथा समग्र व्यवस्थालाई थप व्यवस्थित बनाउने तयारी गरेको छ ।

प्रतिकृया