• १७ असोज २०८३, शनिबार
  • १२ः३८ राती

सुकुम्बासी बस्ती हटाउने विषयमा मन्त्रिपरिषद्को कुनै निर्णय छैन : मन्त्री पोखरेल

प्रकाशित मिति

२०८३ बैशाख १० गते, बिहीबार ०३:४८

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले सुकुम्बासी बस्ती हटाउने विषयमा मन्त्रिपरिषद्ले कुनै निर्णय नगरेको स्पष्ट पारेका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पोखरेलले उक्त विषयमा मन्त्रिपरिषद्मा छलफल वा निर्णय नभएको बताएका हुन्।

National Life

बुधबार प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमित सुकुम्बासी बस्ती हटाउने तयारी गर्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएको खबर बाहिरिएपछि यसबारे जिज्ञासा उठेको थियो। सोही सन्दर्भमा सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिँदै मन्त्री पोखरेलले हालसम्म कुनै औपचारिक निर्णय नभएको प्रस्ट्याए।

यसअघि काठमाडौं महानगरपालिकाको मेयर रहँदा पनि शाहले सुकुम्बासी बस्ती व्यवस्थापन तथा हटाउने प्रयास गरेका थिए। तर, तत्कालीन सरकारबाट अपेक्षित सहयोग नपाउँदा ती प्रयास सफल हुन सकेका थिएनन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया