• ४ साउन २०८३, सोमबार
  • ७:५३ बेलुका

राजीनामासँगै गुरुङले भने: ममाथि निष्पक्ष छानबिन होस्

प्रकाशित मिति

२०८३ बैशाख ९ गते, बुधबार ०२:५७

९ बैशाख २०८३ काठमाडौं – गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिँदै आफूमाथि उठेका प्रश्नबारे निष्पक्ष छानबिन गर्न माग गरेका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको वक्तव्यमा उनले २०८२ चैत १३ गतेदेखि इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गर्दै पछिल्ला दिनमा आफ्ना सेयर लगायत विषयमा उठेका प्रश्न, टिप्पणी र जनचासोलाई गम्भीर रूपमा लिएको बताएका छन्।

“मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन,” उनले भनेका छन्। देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको पुस्तागत आवाजले पनि सार्वजनिक जीवन स्वच्छ र नेतृत्व उत्तरदायी हुनुपर्ने सन्देश दिएको उनले उल्लेख गरेका छन्।

Kamana Sewa

गुरुङले आफूसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा स्वार्थको द्वन्द्व (conflict of interest) नदेखियोस् भन्ने उद्देश्यले तत्काल प्रभावबाट राजीनामा दिएको स्पष्ट पारेका छन्।

Classic Tech Desktop

“मैले आफ्नो तर्फबाट नैतिक जिम्मेवारी निर्वाह गरेको छु,” उनले भनेका छन्, “यदि हामी साँच्चै परिवर्तन चाहन्छौँ भने सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा सबै उभिनैपर्छ।”

साथै उनले केही सञ्चारकर्मीमाथि पनि संकेत गर्दै भविष्यमा थप विषयहरू सार्वजनिक हुन सक्ने बताएका छन् र नैतिक साहस तथा त्याग आवश्यक रहेको उल्लेख गरेका छन्।

प्रतिकृया