• ४ साउन २०८३, सोमबार
  • ७:५५ बेलुका

बोडेमा जिब्रो छेड्ने जात्रा, सुजन बागले चौथोपटक निभाए परम्परा

प्रकाशित मिति

२०८३ बैशाख २ गते, बुधबार ०४:३८

२ बैशाख २०८३ काठमाडौं – भक्तपुरको मध्यपुरथिमीस्थित बोडेमा बुधबार परम्परागत जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ। जात्रामा स्थानीय सुजन बाग श्रेष्ठले चौथोपटक जिब्रो छेड्दै परम्परालाई निरन्तरता दिएका छन्।

नाइकेहरूले देवगणको पूजा सम्पन्न गरेपछि तेलमा डुबाइराखिएको करिब १० इन्च लामो सुइरो प्रयोग गरी पाँचो गणेशको प्राङ्गणस्थित मञ्चमा सुजन बागको जिब्रो छेडिएको थियो।

Kamana Sewa

परम्पराअनुसार चैत मसान्तमा महालक्ष्मी मन्दिरमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्ति निराहार व्रत बस्ने चलन छ। जिब्रो छेडेपछि उनले चन्द्राकारको भ्वाय् (महाद्वीप) बोकेर टोल–टोल घुम्ने र अन्त्यमा पाँचो गणेश मन्दिरमा सुइरो निकालेर महालक्ष्मी मन्दिरमा ठोकेपछि जात्रा सम्पन्न हुने परम्परा रहेको छ।

Classic Tech Desktop

नीलबाराही देवगणसँग सम्बन्धित यो जात्रा ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको मानिन्छ। किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा दुःख दिने पिशाचलाई नियन्त्रण गर्न तान्त्रिक विधिबाट जिब्रो छेडेर घुमाइएको घटनाबाट यस जात्राको सुरुआत भएको विश्वास गरिन्छ।

प्रतिकृया