खाडी तथा मध्यपूर्वका देशमा पुनः श्रम स्वीकृति सेवा सुचारु
प्रकाशित मिति
२०८३ बैशाख २ गते, बुधबार ०२:२६
२ बैशाख २०८३ काठमाडौं – वैदेशिक रोजगार विभागले खाडी तथा मध्यपूर्वका केही देशहरूमा पुनः श्रम स्वीकृति प्रक्रिया सुचारु गरेको जनाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार क्षेत्रीय अस्थिरताका कारण यसअघि स्थगन गरिएको श्रम स्वीकृति क्रमशः खुला गरिएको हो।
विभागले जारी गरेको सूचनाअनुसार साउदी अरेबिया, यूएई, कतार, ओमान, यमन, जोर्डन र टर्कीपछि अब इजरायल, कुवेत, बहराइन र लेवननका लागि पनि पुनः श्रम स्वीकृति सेवा सञ्चालनमा आएको छ।

इराकका हकमा भने नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०८२/०९/११ को निर्णयअनुसार मात्र श्रम स्वीकृति प्रदान गरिने उल्लेख गरिएको छ।

मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै यसअघि व्यक्तिगत तथा संस्थागत श्रम स्वीकृति अस्थायी रूपमा रोकिएको थियो। विभागले सम्बन्धित सबै सरोकारवालालाई नयाँ व्यवस्था अनुसार प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।




प्रतिकृया