• ४ साउन २०८३, सोमबार
  • ७:५३ बेलुका

बालेन्द्र शाहसहित मन्त्रीहरूको सम्पत्ति सार्वजनिक: कससँग कति ?

प्रकाशित मिति

२०८२ चैत्र २९ गते, आईतवार ०९:५६

२९ चैत,२०८२ काठमाडौं –  प्रधानमन्त्री बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा शीर्ष नेताहरूको सम्पत्ति, आम्दानी स्रोत र लगानी खुलेको हो।

प्रधानमन्त्री शाहले आफ्नो बैंक मौज्दात १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन्। उनले उक्त आम्दानी सामाजिक सञ्जाल—फेसबुक, युट्युब र एक्सबाट भएको बताएका छन्। साथै, फेसबुकमा ४० लाख, युट्युबमा १२ लाख र एक्समा ५ लाख फलोअर्स रहेको जानकारी दिएका छन्।

Kamana Sewa

गृहमन्त्री सुधन गुरुङको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको छ, जसलाई लगानीबाट जोडिएको जनाइएको छ। उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर–१८ गुञ्जनगरमा ३० कठ्ठा तथा बाजे रामसल गुरुङको नाममा गोरखाको चुननुब्रीमा २२१ रोपनी (बाँडफाँट नभएको) जग्गा रहेको उल्लेख छ।

Classic Tech Desktop

यस्तै, अर्थमन्त्री स्वर्णिम वाग्लेले चारवटा घर तथा अपार्टमेन्ट रहेको खुलाएका छन्। विवरण अनुसार ललितपुरको सानेपामा २ करोड, ललितपुरमै ५ करोड, काभ्रेमा ३ करोड ७५ लाखको अपार्टमेन्ट र तनहुँमा २ करोडको घर रहेको छ।

वाग्लेको बैंक मौज्दात १ करोड ९० लाख रुपैयाँ रहेको छ। उनले आफ्नो सम्पत्तिको स्रोत अन्तर्राष्ट्रिय रोजगारी, निजी निवास बिक्री, बैंक ऋण तथा व्यक्तिगत सापटी रहेको उल्लेख गरेका छन्।

प्रतिकृया