• १८ असोज २०८३, आइतबार
  • ३ः४६ राती

उद्योगमन्त्री गौरी कुमारी यादवसँग सम्पत्ति विवरण सार्वजनिक, १८० तोला सुन र करोडौँको लगानी

प्रकाशित मिति

२०८२ चैत्र २९ गते, आईतवार ०९:५०

काठमाडौँ — उद्योगमन्त्री गौरी कुमारी यादवको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार मन्त्री यादवसँग काठमाडौँ र महोत्तरीमा व्यापक जग्गा जमिन, ठूलो मात्रामा सुन तथा करोडौँको लगानी रहेको देखिएको छ।

National Life

विवरण अनुसार, काठमाडौँ महानगरपालिका–९ मा १ रोपनी १ आना २ दाम क्षेत्रफलमा तीनतले घर रहेको छ। त्यस्तै काठमाडौँ–१० मा १४ आना, सोही वडामा ७ आना १ पैसा २ दाम र अर्को ठाउँमा ९ आना १ पैसा ३ दाम जग्गा रहेको उल्लेख छ।

महोत्तरी जिल्लातर्फ बर्दिबास नगरपालिकामा १४ कठ्ठा र १५ कठ्ठा जग्गा, साथै अन्य स्थानमा साढे ६ बिघा जमिन रहेको छ। सम्सीमा १ कठ्ठा जग्गा र मनरासिस्वा नगरपालिकामा एउटा पोखरी समेत उनको नाममा रहेको विवरणमा देखिन्छ।

Classic Tech Mobile
Classic Tech Desktop

गहनातर्फ मन्त्री यादवसँग १८० तोला सुन, २ किलो चाँदी तथा २ सेट (४ वटा रिङ) हिरा रहेको उल्लेख छ, जुन उनले करिब ३० वर्षअघि खरिद गरेको जनाएकी छन्।

बैंक मौज्दाततर्फ सिद्धार्थ बैंकमा ४ लाख, लक्ष्मी सनराइज बैंकमा १ लाख, ग्लोबल आईएमई बैंकमा २ लाख, सीभीआईसीमा डेढ लाख र मनमोहन स्वास्थ्य सहकारीमा डेढ लाख रुपैयाँ रहेको छ। यसका अतिरिक्त विभिन्न कम्पनीमा ३ करोड ३८ लाख रुपैयाँ लगानी रहेको विवरणमा उल्लेख गरिएको छ।

ऋणतर्फ, शिवजी यादवको नाममा १ करोड ६० लाख रुपैयाँ ऋण रहेको छ भने कात्तिक यादवको नाममा १ लाख ८७ हजार रुपैयाँ अटो ऋण रहेको उल्लेख छ। सोही नाममा ५७ लाख रुपैयाँ पर्ने कार पनि रहेको देखिन्छ।

यसबाहेक, ३३२ कित्ता जग्गा बिग मार्टलाई लिजमा दिएर मासिक ९० हजार रुपैयाँ भाडा आम्दानी भइरहेको पनि मन्त्री यादवले आफ्नो सम्पत्ति विवरणमा खुलाएकी छन्।

प्रतिकृया