सरकारद्वारा करिब २८ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकृत
प्रकाशित मिति
२०८२ चैत्र २२ गते, आईतवार ०३:२०
२२ चैत,२०८२ काठमाडौं – सरकारले करिब २८ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले दुई वटा महत्वपूर्ण परियोजनाका लागि उक्त ऋण सहयोग स्वीकृत गरेको हो।
अर्थ मन्त्रालयको प्रस्तावअनुसार सरकारले डिजिटल नेपाल ट्रान्सफरमेसन प्रोजेक्ट कार्यान्वयनका लागि एशियाली विकास बैंकबाट ४० मिलियन अमेरिकी डलर र विश्व बैंकबाट ५० मिलियन अमेरिकी डलर ऋण लिने निर्णय गरेको छ।

यसैगरी, दीगो तथा समावेशी वित्त परियोजनाका लागि कुल ९५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सहायता पनि स्वीकृत गरिएको छ।

हालको विनिमयदरअनुसार यी सबै ऋण सहयोगको कुल रकम करिब २८ अर्ब नेपाली रुपैयाँ बराबर हुने जनाइएको छ।सरकारले यी परियोजनामार्फत डिजिटल पूर्वाधार विस्तार, सेवा प्रवाहमा सुधार तथा वित्तीय पहुँच अभिवृद्धि गर्ने लक्ष्य राखेको छ।




प्रतिकृया