एमालेले सार्वजनिक गर्यो चुनावी हारका २० कारण (पूर्णपाठ)
प्रकाशित मिति
२०८२ चैत्र १८ गते, बुधबार ०२:१२
१८ चैत,२०८२ काठमाडौं – नेकपा एमालेले फागुन २१ गते सम्पन्न निर्वाचनमा पार्टीले व्यहोरेको हार र घट्दो जनमतका पछाडि नयाँ पुस्ता (जेनजी) को उदय र उनीहरूको बदलिँदो राजनीतिक मनोवृत्तिलाई प्रमुख कारण मानेको छ।
बुधबार बसेको एमाले जनसंगठनको बैठकमा महासचिव शंकर पोखरेलले प्रस्तुत गरेको विश्लेषणअनुसार, पार्टीको हार केवल चुनावी नतिजा मात्र नभई सामाजिक, प्राविधिक र मनोवैज्ञानिक परिवर्तनको संयुक्त परिणाम हो।

प्रतिवेदनमा उल्लेख गरिएअनुसार, जेनजी पुस्ताले अब विचारधारा, इतिहास वा पार्टीप्रतिको बफादारिताभन्दा पनि कामको नतिजा, पारदर्शिता र उत्तरदायित्वलाई प्राथमिकता दिन थालेको निष्कर्ष निकालिएको छ। यसले परम्परागत दलहरूलाई चुनौती दिएको एमालेको बुझाइ छ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी, बालेन शाह र हर्क साम्पाङजस्ता नयाँ शक्ति र स्वतन्त्र उम्मेदवारहरूको उदयले स्थापित राजनीतिक संरचनामै ठूलो असर पारेको उल्लेख गरिएको छ। पुराना दलहरूले लामो समय शासन गरे पनि नागरिकको दैनिक जीवन र सेवा प्रवाहमा अपेक्षित सुधार नआएकाले युवा पुस्ता वैकल्पिक शक्तितर्फ आकर्षित भएको ठहर पनि बैठकमा गरिएको छ।
यसैगरी, अध्यक्ष केपी शर्मा ओलीद्वारा गरिएको संसद् विघटनलाई नयाँ पुस्ताले शक्ति संघर्ष र राजनीतिक स्वार्थका रूपमा बुझेको र त्यसले अस्थिरताको धारणा बढाएको पनि हारको कारणका रूपमा औँल्याइएको छ। साथै, पार्टीभित्रको आन्तरिक एकता कमजोर देखिएको र नेतृत्वप्रति विश्वासमा चोट पुगेको स्वीकार गरिएको छ। गत प्रतिनिधि सभा निर्वाचनमा एमालेले २५ सिट मात्र जितेको थियो।






प्रतिकृया