• १७ असोज २०८३, शनिबार
  • ४ः०० बिहान

नेप्सेमा भारी गिरावट, परिसूचक ७४.७३ अंकले घट्दै २७७६ मा सीमित

प्रकाशित मिति

२०८२ चैत्र १८ गते, बुधबार ०३:३८

१८ चैत,२०८२ काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार तीव्र गिरावट देखिएको छ। आज नेप्से परिसूचक ७४.७३ अंकले घट्दै २७७६.३६ बिन्दुमा झरेको हो।

National Life

आजको कारोबारमा कुल ३४७ कम्पनीका ३ करोड २ लाख ९२ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा १२ अर्ब १० करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। उच्च कारोबारका बीच पनि बजारमा व्यापक दबाब देखिएको हो।

समूहगत सूचकतर्फ हेर्दा सबै १३ वटै उपसूचक राताम्य भएका छन्। वाणिज्य बैंक समूह २.३१ प्रतिशतले घट्दा विकास बैंक समूह ३.१८ प्रतिशतले ओरालो लागेको छ। यस्तै, फाइनान्स समूह ३.०३ प्रतिशतले घटेको छ भने होटल तथा पर्यटन समूह पनि २.१२ प्रतिशतले कमजोर बनेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया