• ३ साउन २०८३, आइतबार
  • ३:३९ बेलुका

एपोलो हाइड्रोपावरको आईपीओ चैत २६ देखि खुला

प्रकाशित मिति

२०८२ चैत्र १७ गते, मंगलवार ०९:५८

१७ चैत,२०८२ काठमाडौं – एपोलो हाइड्रोपावर लिमिटेड ले चैत २६ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई शेयर बाँडफाँड गरिसकेको छ।

नेपाल धितोपत्र बोर्ड बाट स्वीकृति पाएअनुसार कम्पनीले ५७ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत बराबर १४ करोड १० लाख रुपैयाँको आईपीओ निष्काशन गरेको हो। प्रतिकित्ता १०० रुपैयाँ दरले कुल १४ लाख १० हजार कित्ता शेयर निष्काशन गरिएको हो।

Kamana Sewa

जसमध्ये ४ लाख ७० हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि बाँडफाँड भइसकेको छ। साथै ४७ हजार कित्ता सामूहिक लगानी कोष र १८ हजार ८०० कित्ता कर्मचारीका लागि छुट्याइएको छ।

Classic Tech Desktop

अब बाँकी ७ लाख ८० हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि खुला गरिनेछ। लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। आवेदन दिने अन्तिम मिति चैत ३० गतेसम्म तोकिएको छ।

आईपीओका लागि गरिएको रेटिङमा  केयर रेटिङ्गले कम्पनीलाई “केयरएनपी डबल बी माइनस” इस्यूअर रेटिङ दिएको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको देखाउँछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

प्रतिकृया