• १७ असोज २०८३, शनिबार
  • ३ः५९ राती

पूर्व सीडीओ छवि रिजाल पक्राउ

प्रकाशित मिति

२०८२ चैत्र १७ गते, मंगलवार ०९:१३

१७ चैत,२०८२ काठमाडौं – काठमाडौँ। काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

National Life

रिजाल जेनजी आन्दोलनको समयमा काठमाडौंका सीडीओ थिए। गत भदौ २३ र २४ गते भएको उक्त आन्दोलनमा दमन गरेको आरोप उनीमाथि लागेको छ। रिजाल तत्कालीन गृहमन्त्री रमेश लेखक निकट मानिन्थे। आन्दोलन दमनको घटनापछि उनी एक महिना नपुग्दै सीडीओ पदबाट हटाइएका थिए।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले समेत रिजालमाथि कारबाही सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक समेत पक्राउ परिसकेका छन्।

Classic Tech Mobile
Classic Tech Desktop

रिजाल यसअघि गृह मन्त्रालयको प्रशासन महाशाखा प्रमुखका रूपमा कार्यरत थिए। त्यतिबेला कर्मचारीलाई अध्यागमन तथा आकर्षक कार्यालयहरूमा पठाउँदा पेशागत आचरण विपरीत काम गरेको आरोप समेत उनीमाथि लागेको छ।

अख्तियारले विशेष अदालतमा पठाएको विवरणअनुसार रिजालमाथि भ्रष्टाचारसम्बन्धी अनुसन्धान पनि भइरहेको छ। उक्त प्रकरणमा तत्कालीन गृहमन्त्री लेखकका निजी सचिव बद्री तिवारी, स्वकीय सचिव जनक भट्ट, गृहसचिव गोकर्णमणि दुवाडी तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन प्रमुख तिर्थराज भट्टराई लगायतसँग सम्बन्धित गतिविधिमाथि पनि अनुसन्धान भइरहेको जनाइएको छ।

प्रतिकृया